पोखरा महानगर इन्जिनियर घुस प्रकरण: तीन जना विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता
पाेखरा | बैशाख २१, २०८१
पोखरा: पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घुस लिएको अभियोगमा दुई इन्जिनियरसहित तीनजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पोखरा महानगरपालिकाका इन्जिनियर शिवराज बराल, सब–इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियर कन्सल्टेन्सीका सुरज कुँवरविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
अख्तियार पोखराको टोलीले इन्जिनियर बराल र सब इन्जिनियर रोकायालाई पक्राउ गरी अनुसन्धानका लागि अख्तियार मुख्यालय टङ्गाल पठाएको थियो । अख्तियार पोखराको टोलिले सब–इन्जिनियर रोकाय र कन्सल्टेन्सीका कुँवरलाई १ लाख ५० हजार घुस लिइसकेको अवस्थामा चैत २८ गते प्रकाउ गरेको थियो ।
तीनै जना मिलेर घर निर्माणको प्रमाणपत्र दिन ३ लाख ५० हजार रुपैयाँ घूस माग गरेको अनुसन्धानमा खुलेको अख्तियारका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए । गोदार इन्जिनियरिङका कर्मचारी कुँवरमार्फत रकम लिई दुई लाख बरालले आफ्नै खातामा राखेको देखिएको छ ।
तीनै जनाविरुद्ध भ्रष्ट्राचार निवारण ऐन २०५९ बमोजिम तीन लाख पचास हजार बिगो कायम गरी ऐन अनुसार बिगो र जरिवाना मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता घिमिरेले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

